Categories शिक्षा समाचार

उपकार सेवाद्वारा सरकारी बिधालयमा १० थान पंखा सहयोग

Advertisement

वीरगंज । वीरगंज महानगरको चोरनीमा रहेको एक विधालयमा सोमबार १० थान पंखा वितरण गरीएको छ । बालबालिकाहरुको स्वास्थ्य लाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावना बाट बेलैमा ध्यान पुर्याई पंखा सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीले बताइन।

ध्यानाकर्षण गरि कृष्णा बजाज र अंकिता बगड़िया बजाजको सहयोग तथा उपकार सेवा नेपाल र लॉयन्स क्लब ऑफ वीरगञ्ज सेन्ट्रल द्वारा वडा नम्बर ३२ चोरनीमा रहेको श्रीमती मनमिश्र आधारभूत विद्यालय टेढा सेमरामा पंखा विरतण गरिएको हो ।

Advertisement

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालय लाई अध्ययनमैत्री बनाईदिन भन्दै संस्थाकी अध्यक्ष सरावगीले आग्रह गरेपछि पंखा उपलब्ध गराईएको बजाजले जानकारी दिए ।

Advertisement

उपकार सेवा नेपालकी अध्यक्ष बिद्या सरावगीले सहयोग गर्ने कृष्णा बजाज र अंकिता बगड़िया बजाजलाई धन्यवाद सहित आउने दिन मा यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभएको छ । पंखा वितरण कार्यक्रममा लॉयन्स क्लबकी अध्यक्ष कबिता हालन, मीरा खेतान, आशा अग्रवाल लगायतको पनि उपस्थिती रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *