Categories राजनीति समाचार

जसपाको केन्द्रिय समितिको बैठकमा सहभागी हुन अध्यक्ष यादव वीरगन्जमा ।

Advertisement

वीरगन्ज । जसपाको केन्द्रिय कार्यकारिणी समिति तथा केन्द्रिय समितिको बैठकमा सहभागी हुन अध्यक्ष यादव वीरगन्ज आइपुगेका छन् ।

जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष नेता उपेन्द्र यादवलाई सिमारस्थित विमास्थलमा जसपा नेता कार्यकर्ताले स्वागत गरेका हुन ।

Advertisement

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको बैठक वीरगन्जमा हुने आह्वान गरेको थियो ।

Advertisement

जसपाको केन्द्रिय कार्यकारिणी समिति तथा केन्द्रिय समितिको वीरगन्जमा आयोजित बैठकमा सहभागी हुन आउनु भएका अध्यक्ष यादवको स्वागतमा संघ सरकारका बन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रदेशसभा सदस्य जनत अन्सारी, वीरगन्जका मेयर राजेशमान सिंह, सिंघासन साह कलवार , भीमा यादव , करिमा बेगम लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *