Categories कृषि समाचार

पानी नपरेपछि घर घर पुगेर पानी मागिदैँ, पानी छ्यापदै इन्द्रको पूजा

Advertisement

श्याम सरार्फ

वीरगन्ज । देशको अन्य जिल्लाहरुमा पानी परेर धनजनको छती हुदा समेत धान उब्जाउने मुख्य भुमी मानिने तराई मधेसका कैयौं खेत बाझै छन् । समयमा पानी नपर्दा कतिले धान रोप्नै सकेनन् भने रोपी सकेकालाइ पानीको अभावमा धानको बिउ डढ्ने चिन्ता सताइ रहेको छ ।

Advertisement

वीरगन्ज आसपासका फाँटमा भने पानीकै अभावमा धान रोप्न नपाए पछि स्थानीय महिलाहरुको समुहले स्थानीयहरुको घर घर गई उनीहरुमाथी माथि छ्यापदैँ इन्द्रको पूजा गरिरहेका छन् ।

Advertisement

यस क्षेत्रमा पर्ने अधिकांश खेत साउनको पहिलो हप्ता सम्म धान रोप्ने काम सकिनै लाग्दा यसपटक रोप्न नपाए पछि स्थानीयले इन्द्रको पूजा गरेका हुन् ।

“इनरदेवता काहवा लगवनी एतना देर, सेवकलोग बाट जोहे हो” भन्दै स्थानीय भाकामा गित गाउदै बाटोमा भेट्ने जोकोहीमाथि पानी, गोबर पानी , माटो पानी फ्याकेर गाली गर्दै गाली सुन्न निहु खोज्दै इन्द्र भगवानसंग पानी माग्न अनुरोध गरिन्छ ।

लामो समय पानी नपरेमा इन्द्र भगवानको बैदिक विधिद्वारा पूजा गर्ने र पानी माग्ने प्रचलन रहेको वीरगन्ज २४ की स्थानीय ठगीया देवी बताउनु हुन्छ ।

गित गाउदै गाउँमा घुम्ने महिलाको समुह

भोजपुरी भाषी रहेको यस क्षेत्रमा भोजपुरी लोक गित “इनर इनर सुनिने इनर कइसन हऊवे हो, दारी मोछ कमाके इनर झमरक आवेले हो ।
जबले बारमाहिन पानी लेके आवस हो, तले हारवाहा पियासे मरि जाले हो ।।” लगायत अन्य बोलको गित गाउदै गाउँ घुम्ने र पानी छाप्ने काम गरिन्छ र जो सगं जति बलजफ्ती गरेर पानी छ्यापे पनि कसैले विरोध गर्नु नै यसको शौन्यदर्यता हो ।

अत्याधिक उर्बर मानिने यस आसपासको क्षेत्रमा धान एवम् अन्य कृषिजन्य उत्पादन राम्रो हुने गरेको कृषकहरू बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *