वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थीहरुले तोडफाोड गर्दै आगजनी समेत गरेका छन् ।
परिक्षा सेन्टर वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशीत विधार्थीहरुको समुहले शुक्रबार साँझ क्याम्पस प्रमुखको कार्यकक्ष भित्र तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन् ।प्रदर्शनमा उत्रिएका विधार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षका टेबुल ,कुर्सी , बेन्च र सोफा बाहिर निकालेर आगजनी गरेका हुन् ।
विधार्थीहरुले फर्निचरमा लगाएको आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले बताए ।उनले भनने ,‘ प्रहरी पुग्दा आगो लगाउनेहरु भागि सकेका थिए , अरु ५०/६० जनाले भने परिक्षा सेन्टर अन्यत्र सारेको भन्दै क्क्याम्पस प्रमुख विरुद्ध नाराबाजजी गरिरहेका थिए ।

नाराबाजी र होहल्ला गर्दै गर्दा समाजवादी बिधार्थी नेता सागिर अली, अखिल क्रान्तिकारी वीरगन्ज महानगर सचिव मेरोज अहमद, अखिल क्रान्तिकारी ठाकुरराम एकाइ अध्यक्ष समसेद अंसारी, अनेरास्ववियु वीरगन्ज माहानगर अध्यक्ष असिफ अहमद पक्राउ परेको छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विधार्थीहरुले आक्राोश पोख्दै तोडफोड र आगजनी गरेका हुन् ।
क्याम्पस प्रमुख उमेश चौरसीयाले परिक्षा सेन्टर अन्यत्र सारिएको निहुमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए ।परिक्षा सेन्टर क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परिक्षा बोर्डले तोक्ने भएकाले विधार्थीहरुले आफु पढेको शिक्षण संस्थामै क्षति पुरयाउनु दुर्भाग्य भएको उनले बताए ।







