Categories शिक्षा समाचार

बिधालय बन्द नगरे महानगरले कारवाही गर्ने, ट्युसनको बहानामा बिधार्थी पठाउन उर्जी

Advertisement

वीरगन्ज । हाल तराई मधेसमा गर्मीले सिमा नाघेको छ। पछिल्लो दिनहरूमा गर्मीका कारण बालबालिका कक्षाकोठामै ढल्न थालेपछि पर्साका विभिन्न पालिकाले धमाधम बिधालयमा बिदा दिन घोषणा गरे ।

वीरगन्ज महानगरपालिकाले पनि शुरुमा तिन दिन बिदा दिने घोषणा गरेको थियो तर मौसम अनुकूल नभएकोले पुनःह सुचना जारी गर्दै साउन २० गतेसम्म बिदा बढाएकोमा केही सरकारी र निजी बिधालयहरुले सो निर्देश अवज्ञ्या गर्दै बिधालय सञ्चालन गरिरहेको पाइएको छ।

Advertisement

कति बिधालयले बिधालय बन्द गरिएको जनापनि बिधार्थीलाई बिना ड्रेस बिधालयमा ट्युसन पढ्न पठाउन अभिभावकलाई उर्जी दिएको छ ।

Advertisement

महानगरपालिकाले दिएको निर्देशन विपरीत बिधालयहरु सञ्चालन गरे कारवाही गर्ने महानगरपालिका शैक्षिक शाखाले एक सुचना मार्फत निर्देशन दिएको छ ।

महानगर शैक्षिक शाखाले सुचना जारी गर्दै “माथिल्लो निकायले जारी गरेको निर्देशन पालना गर्नु मातहत निकायको कर्तव्य हुने हुँदा सो पालना नगर्दा निर्देशन उल्लंघन गरेको ठहरिन्छ र कारवाहिको समेत भागी ठहरिन्छ त्यसर्थ बिरगंज महानगरपालिका बाट विद्यालय बन्द गर्ने निर्देशन हुँदा हुँदै केही विद्यालयहरु सन्चालन गरेको बुझिएकोले निर्देशन विपरित नगर्न नगराउन सम्बन्धित सबैको जानकारी कोलागी यो सुचना जारी गरिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *