Categories समाचार

नक्कली हस्ताक्षर र छाप प्रयोग गरि एक कम्पनीको रकम झिकेको आरोपमा ‘पत्रकार’ पक्राउ

Advertisement

काठमाडौं । चेकमा नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर एक कम्पनीको रकम झिकेको आरोपमा एक ‘पत्रकार’ पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१ वर्षीय वासुदेव अर्याल बाटोमा भेटेको चेकका आधारमा अर्को चेक बुक निकालेर त्यसबाट १० लाख ३५ हजार भुक्तानी लिइसकेपछि पक्राउ परेका हुन् ।

Advertisement

त्रिपुरेश्वरस्थि फल्कोनाइड इन्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाममा रहेको एसबीआई बैंकको हस्ताक्षरसहितको चेक अर्यालले भेटेका थिए । सात लाख रूपैयाँ उल्लेख भएको उक्त चेक नसाटिएपछि अर्यालले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर उक्त बैंकबाट चेकबुक जारी गर्न लगाएको प्रहरीले जनाएको छ ।

Advertisement

‘हराएको चेक तत्कालै सम्बन्धित व्यक्तिले बैंकमा पुगेर रोकेका रहेछन् । त्यसपछि अर्याल आफैले चेकमा रहेको दस्तखत र छाप हेरेर नयाँ तयार गरेको पाइएको छ । पेप्सीकोलास्थित एसबीआई बैंकले पनि दुरुस्तै छाप र हस्ताक्षर देखेपछि चेक जारी गरेको रहेछ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

जारी भएको चेकबाट सौरभ डंगोलको नाममा पैसा निकाल्ने गरेको पाइएको छ । बाटोमा फेला परेको डंगोलको सवारी लाइसेन्सका आधारमा अर्यालले उनको नामबाट पैसा निकाल्ने गरेको प्रहरीको भनाइ छ ।

अर्यालसँग सूचना विभागबाट जारी पत्रकार परिचय पत्र पनि रहेको प्रहरीले जनाएको छ । उक्त पत्रकार परिचय पत्रमा अर्याल तिखोकलम डटकममा आबद्ध रहेको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *