Categories समाचार स्वास्थ्य

निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

Advertisement

काठमाडौं –  नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।

बजेट कार्यक्रम अनुसार नै सरकार अगाडि बढ्ने निश्चित भएपछि निजी मेडिकल कलेज र अस्पतालहरुले सूचना जारी गर्दै बीमा कार्यक्रम बन्द भएको जानकारी दिएका छन्।

Advertisement

स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क लिन थालेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बीमा मार्फत सेवा दिने व्यवस्था गरिएको हो।

Advertisement

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष दामोदर बसौला यसमा सरकारको निर्णय नै अन्तिम निर्णय भएको बताउँछन्। ‘यसमा बोर्डले केही गर्न सक्दैन। सरकारले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हो,’ बसौलाले भने।

हालसम्म निजी, सामुदायिक र सरकारी गरी ४४१ स्वास्थ्य संस्था बीमा कार्यक्रममा आवद्ध थिए। जसमध्ये ५२ वटा स्वास्थ्य संस्था निजी अस्पताल मात्र छन्। केही निजी अस्पतालहरूले आइतबार नै विज्ञप्ति सार्वजनिक गरेर अब बीमा कार्यक्रम अन्तर्गत सेवा नदिने जनाएका छन्। 

स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ।

सांकेतिक तस्बिर
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *