Categories अर्थ समाचार

एक करोड रु. बराबरको राजश्व छलीका सामान सहित पर्साका एकजना काठमाडौंमा पक्राउ

Advertisement

विरगञ्ज । उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड रुपैयाँ बराबरका राजश्व छलीका सामानसहित पर्साका एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ घर भइ हाल काठमाडौं वडा नम्बर ७ बस्ने नवराज शर्मा भन्ने छविलाल अगस्ती छन् ।

Advertisement

कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार अगस्तीले कोठा भाडामा लिएर अवैध चुरोट, विभिन्न प्रकारका पटका, गुट्खा, बजार मोटरसाइकलका पाटपूर्जा, अक्सिमिटर लगायत राखेका थिए ।

Advertisement

कार्यालयको विशेष टोलीले निगरानी गरेर काठमाडौं वडा नम्बर ७ गोपीकृष्ण नगरस्थित कोठामा छापा हानेर २ हजार ९ सय ८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका पटका ४ सय २० केजी, पानराज गुट्खा ४८ केजी र ३ सय ८० वटा अक्सिमिटर बरामद भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *