Categories समाचार समाज

जन्मदिन मनाउने पैसा आशा किरण केन्द्रलाई सहयोग ।

Advertisement

वीरगंज । आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्ने चलन अहिले बढेको छ । तर आफ्नो र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालबालिकाहरुका लागि एक वृद्ध महिलाले रकम हस्तान्तरण गरेर एक उदाहरणीय काम गरेकी छिन् ।

वीरगंजका बिकन सेकेन्ड्री स्कुलका संचालन प्रकाश उपाध्याय कि आमा इन्दिरा देबि खनालले बिदेश रहने आफ्नो छोरा सुधिर खनाल र नातिनिहरु अभिलाषा खनाल, आकांक्षा खनालको जन्मदिनको शुभअवसरमा सुस्तमनस्थिति बालबालिकालाई हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई रु.११०००/ सहयोग स्वरुप केन्द्रका महासचिव राजन श्रीवास्तवलाइ हस्तान्तरण गर्नु भएको हो ।

Advertisement

संस्थाका श्रीवास्तवले खनाल परिवारलाई धन्यवाद दिदै यस्ता बच्चालाई अझ अरु निकायबाट समेत सहयोगको लागि पहल गर्न परिवारका सदस्यहरुलाइ अनुरोध गर्नु भएको थियो । सिद्धार्थ माध्यमिक बिधालयमा सुस्तमनस्थिति बालबालिका हेरचाह गर्ने संस्था रहेकोले सो प्रकारका बच्चालाई घरमा नराखी त्यहाँ पठाउनका लागि समेत श्रीवास्तवले अनुरोध गरे ।

Advertisement

सेवा कार्यलाइ अझ राम्रो र प्रभारकारी बनाउनका लागि विभिन्न निकाय सङ प्रत्यक्षअप्रत्यक्ष रुपमा समन्वय भइरहेको श्रीवास्तवले प्रष्ट पारे । रकम हस्तान्तरणमा इन्दिरा देबि खनाल, प्रकाश उपाध्याय,मुना खनाल, सार्दुल भट्टराई, सुभास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *