Categories समाचार

ठूलो मात्रामा लागुऔषधसहित बीरगन्जका एक युवक प्रहरी नियन्त्रणमा

Advertisement

पर्सा । बीरगन्जबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र उनको कार नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ पौने ९ बजेको समयमा बीरगन्ज महानगर-१६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *