Categories समाचार

एटीएम मेसिन फोड्ने घटना बढ्दै।

Advertisement

काठमाडौं । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्।

पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका – २६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

Advertisement

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो।

Advertisement

यसअघि पोखरा – ९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो।

दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ।

फोटो संभार

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *