Categories समाचार समाज

छपकैयामा ४ वर्षीय बालिकालाई बलात्कार गरि हत्या, आरोपी पक्राउ

Advertisement

वीरगञ्ज । ४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा वीरगनञ्जबाट ३ जना पक्राउ परेका छन् ।

शनिबार बिहान ७ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित खाली जमिनको झाडीमा ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।

Advertisement

ती बालिका साउन ५ गते बेलुका ७ बजेदेखि हराएको भन्दै उनका हजुरबुवाले प्रहरीमा उजुरी दिएका थिए । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लका अनुसार बालिकाको शव फेला परेपछि अनुसन्धानको क्रममा एक १२ वर्षीय बालकको संलग्नता खुलेको थियो । ती १२ वर्षीय बालकसँगको सोधपुछका क्रममा अन्य ३ जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक मल्लले बताए ।
जबर्जस्ती करणी तथा हत्यामा संलग्न रहेको अभियोगमा १२ वर्षीय बालक, वीरगनञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन र वीरगञ्ज– महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सलमान खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका व्यक्तिको पनि पहिचान खुलिसकेकाले प्रहरीले खोजतलास गरिरहेको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।
बालिकाको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले बताए ।

पक्राउ परेका आरोपितहरू विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *