Categories समाचार समाज

उपकार सेवा केन्द्रद्वारा स्वास्थ चौकीमा खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान

Advertisement

पर्सा । उपकार सेवा केन्द्रले बीरगन्ज ३० मा रहेको स्वास्थ चौकीको लागि एक थान खानेपानी शुद्धीकरण गर्ने मेशिन प्रदान गरेको छ । मंगलवार स्वास्थ चौकीमा आयोजित एक कार्यक्रममा संस्थाकि बिध्या सरावगी र सुमन बगेडियाले खानेपानी शुद्धीकरण गर्ने मेसिन हस्तान्तरण गरेकि हुन ।

कार्यक्रममा बोल्दै संस्थाकि बिध्या सरावगी ले आफ्नो संस्थाले सामुदायिक अस्पताल र बिधालय हरुमा आम जनता लाई सुध पिउने पानी को लागि खानेपानी सुधिकरन मेशिन तथा पंखा लगायत का सामाग्री हरु निशुल्क रुपमा वितरण गर्दै आएको बताइन ।

Advertisement

कार्यक्रममा सहभागी लोसपा बीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सरार्फले महानगरको ग्रामीण क्षेत्रमा पनि समाजिक क्षेत्रको बिकाश को लागि संस्था अघि बढेको बताए ।

Advertisement

उनले स्वास्थ चौकीमा आउने बिरामी लाई शुद्ध खानेपानी सहज तरिकाले प्राप्त होस भनी खानेपानी शुद्धीकरण मेसिन प्रदान गरिएको बताए ।

स्वास्थ चौकीका जन स्वास्थ निरीक्षक अनिश्कान्त कुश्वाहाले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादव,स्वास्थ चौकीका इन्चार्ज मेवालाल ठाकुर,स्वास्थ चौकी स्वास्थकर्मी हरु लगायतको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *