Categories समाचार समाज

प्र्याङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युट्युवर पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले प्र्याङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने एक जना युट्युवरलाई पक्राउ गरेको छ । प्रहरीले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका नवपरासी हुप्सेकोट–३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरेको हो ।

भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘आफ्नो साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भन्दै प्र्याङ्क भिडियो बनाएका थिए । एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने भिडियो बनाएको प्रहरीको दाबी छ ।

Advertisement

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी भुसालमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *