Categories समाचार

नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा. गुप्ता निर्वाचित

वीरगन्ज । नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित भएका छन् ।

वीरगन्जमा शनिबार बेलुकी भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि डाक्टर सुमन प्रसादलाइ १२६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा विजयी भएका डाक्टर गुप्ताले २०५ मत पाउदा उनका प्रतिस्पर्धी डाक्टर सुमन प्रसादले ७९ मत मात्रै पाए ।

Advertisement

नेपाल चिकित्सक संघ नारायणी शाखाको १० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो ।

Advertisement

नेपाल चिकित्सक संघ नारायणी शाखाको उपाध्यक्षमा भने डाक्टर आनन्द चौरसीया निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा भने डाक्टर नौसाद हक १५२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डाक्टर महेश्वर प्रसादले भने १३० मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा डाक्टर शाश्वत प्रसद पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा डाक्टर आकाश राय , डाक्टर विवेक कुमार यादव , डाक्टर स्मिता सिंह ,डाक्टर नविन प्रसाद यादव , डाक्टर रामाशंकर गुप्ता र डाक्टर अजय कुमार यादव निर्वाचित भएको नेपाल चिकित्सक संघ नारायणी शाखाका निर्वतमान सचिव डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *