वीरगन्ज । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी रहेका छन् ।
प्रहरीका अनुसार, अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
साउन १४ गते अर्थात शनिबार पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता छ ।







