Categories समाचार स्वास्थ्य

सहयोगीको आयोजनामा निःशूल्क मधुमेह परीक्षण शिविर सम्पन्न

Advertisement

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सहयोगीको आयोजनामा निःशूल्क रुपमा मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ । वीरगञ्जको घडिहर्वा पोखरी परिसरमा आईतवार बिहान शिविर सम्पन्न भएको हो । 

शिविरको लायन्स क्लबका डिष्ट्रिक्ट गर्भनर अम्बर बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । नागरिकलाई मधुमेह रोगको बारेमा सचेतना फैलाउने अभिप्रायले शिविरको आयोजना गरिएको लायन्स क्लब अफ वीरगञ्ज सहयोगीका अध्यक्ष दिलपाल शाहले जानकारी दिए । 

Advertisement

शाहकै अध्यक्षतामा भएको शिविरमा स्थानीय बासिन्दाले मधुमेहसँगै रक्तचापसमेत परीक्षण गराएका थिए । वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका १ सय ५ जनाले मधुमेह र रक्रचाप परीक्षण गराएको मेडिकल अफिसर डा. अञ्जली बि.क.ले जानकारी दिइन् । डा. अञ्जलीसँगै मेडिकल अफिसर,  डा. गीता यादव, र डा. श्रुती कुमारीले चेकजाँचमा सहजीकरण गरेका थिए । 

Advertisement

यस्तै बरिष्ठ चिकित्सक डा. अजय कुमार गुप्ता, डा. प्रबेज अन्सारी, डा. सञ्ज्य गुप्ताले शिविरमा सहभागीहरुको मधुमेह, रक्तचाप परीक्षण गरी निःशूल्क रुपमा काउन्सिलींगसमेत गरेका थिए । 
रक्तचाप र मधुमेह जस्ता रोगहरु पछिल्लो समयमा अधिकांश व्यक्तिहरुलाई लाग्ने गरेको हुँदा खानपिन र जिवनशैलीमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका थिए । 

नागरिकलाई मधुमेह र रक्तचापको बारेमा सचेतना फैलाउने अभियानको शुभारम्भसँगै आगामी दिनमा यही शिविरलाई अन्य स्थानमा पनि निरन्तरता दिँदै जाने लायन्स क्लब अफ वीरगञ्ज सहयोगीका सदस्य पशुपति भट्टले बताए । 

शिविरमा प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर डिएन अग्रवाल, डिष्ट्रिक्ट चिफ एवम् पूर्व एरिया चिफ बासु तिमल्सिना, क्लबका सदस्यहरु अमरकान्त झा, कृष्ण झा, आकाश ठाकुर, बिशालराज गिरी, डा. दिलिप चौरसिया, राहुल चौरसिया लगायतको उपस्थिती रहेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *