Categories अर्थ समाचार

१५ लाख ५० हजार रूपैयाँ सहित एक भारतीय नागरिक पक्राउ

Advertisement

रूपन्देही । स्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

Advertisement

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *