Categories समाचार

एकै परिवारका चार जना मृत अवस्थामा फेला

Advertisement

काठमाडौं- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा आज बिहान श्रीमान-श्रीमती र दुई छोराछोरीको शव फेला परेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।

Advertisement

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए ।

Advertisement

उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन् । स्कुल जाने केटाकेटी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए ।।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *