Categories समाचार

मिनी ट्रक पल्टिँदा चालक घाइते

Advertisement

पर्सा । ठोरी गापा -४ मा मिनी ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन्। मङ्गलबार ठोरीबाट जीतपुर जाँदै गरेको जे एस मिनिरल वाटर बोकेको प्रदेश नं. २-०३-००१ क १५७९ नम्बरको सवारी बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तर्गत पर्ने मालीबस्ती र गोपीवस्ती बिचमा पर्ने सडकमा दुर्घटना भएको प्रहरी चौकी विजयवस्तीले जानकारी दिएको छ ।

तिब्र गतिमा रहेको मिनी ट्रक अनियन्त्रित भई पल्टिदाँ ट्रक चालक बारा , पथलैयाका २९ वर्षीय निश्चल परियार घाइते भएका हुन्।

Advertisement

उनको हात र शरीरमा चोट लागेकाले सशस्त्र प्रहरी बल ,सुवर्णपुर र विजयवस्ती प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीले घाइतेको तत्काल उद्धार गरी थप उपचारका लागि बिरगंज पठाइएको बताएका हुन ।

Advertisement

ट्रकमा सवार अन्य २ जना युवा भने सकुशल रहेका छन्। चालकले अत्यधिक मदिरा सेवन गरेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

संभार
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *