वीरगञ्ज । जनता समाजवादी पार्टीका युवा नेता तथा समाजसेवी रुपेशमान सिंह श्रेष्ठले प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिने उनले घोषणा गरेका हुन् ।
श्रेष्ठ समाजसेवाका साथै सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । वीरगञ्ज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगञ्जकै पुरानो मध्येको त्रिजुद्ध माद्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।
विभिन्न क्षेत्रमा काम गरेको अनुभव स्मरण गर्दै युवा नेता श्रेष्ठले प्रदेश सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउँदो निर्वाचनमा उम्मेद्वारी दिने बताएका हुन् ।
निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै श्रेष्ठले सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।







