Categories समाचार समाज

५ रुपैयामै खाना खुवाउने अभियान आज दोस्रो सप्ताह पनि सम्पन्न

Advertisement

श्याम सरार्फ

वीरगन्ज । वीरगन्जमा बेलाबखत आवश्यकता अनुसार सेवा सञ्चालन गर्दै आएको एक संस्थाले सम्मान जनक भावले रू ५ मै खाना खुवाउने अभियानलाइ आज दोस्रो सप्ताह पनि निरन्तरता दिएको छ ।

Advertisement

फोर जि आर नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित अहिलेका लागि हरेक साताको एक दिन रु ५ मै खाना खुवाउने अभियानलाइ निरन्तरता दिदै घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर खाना वितरण गरेको हो ।

Advertisement

कसैको सम्मानमा ठेस नपुर्‍याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्था कि अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।

तैयार पारिएको ३४ वटा खानाको डब्बा स्टल राख्नासाथ सकिएको र स्थानीय व्यापारी, विधार्थी, रिक्साचालक लगायतकाले खाना किनेको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

सो कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा, किशु सरार्फ लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *