Categories धर्म/संस्कृति

आज रक्षा बन्धन तथा जनै पूर्णिमाको रौनक तराइमा राखी बाधेर रक्षा बन्धन मनाइँदै

Advertisement

वीरगन्ज । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन शुक्रबार विधिपूर्वक हातमा डोरो बाँधी मनाइँदै छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

Advertisement

सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।

Advertisement

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गर्नुहुन्छ ।

नेपालीको तराई क्षेत्र संगै मित्र देशहरूमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर जिवन रक्षाका लागि प्राथ्ना गर्ने परम्परा चलि आएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता पनि छ ।

भाइ बहिनीहरुका लागि बिशेष दिनका रुपमा मनाइने यस पर्वमा भाइलाइ रक्षाबन्धन नबान्धेसम्म खाना समेत नखाई भोकै बस्ने गर्छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *