Categories समाचार

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

Advertisement

वीरगन्ज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेकोले उपचार खर्च नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको उल्लेख गरे ।

Advertisement

आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ ।

Advertisement

आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले सुनाए ।

‘आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । ‘तपाईंहरुले उपचार गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’ न्युज २४ बाट संभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *