Categories समाचार समाज

समाजिक कार्यमा सक्रिय रहेका वीरगन्जका श्रीवास्तव काठमाडौंमा सम्मानित

वीरगन्ज । समाजिक कार्यमा सक्रिय रहेका वीरगन्ज युवा एक कार्यक्रम बिच सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनमा वीरगन्जका राजन श्रीवास्तव सम्मानित भएका हुन ।

Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले समाजसेवी श्रीवास्तवलाई “Volunteer Of the Year Award” बाट सम्मानित गरेका हुन।

Advertisement

पछिल्लो समय बिभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रीवास्तव रगत व्यवस्थापन र सरसफाइ जस्ता समाजिक कार्यमा व्यस्त रहेको देखिन्छन् ।

विभिन्न बिधामा लगभग ७/८ जना सम्मानित भएको मध्ये वीरगन्जबाट आफुले गरेको कार्यको मुल्यांकन भइ सम्मानित हुन पाउदा खुसी व्यक्त गर्दै आफुलाइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहित सामाजिक कार्य गर्न थप्प जिम्मेवारी बढेको सामाजिक अभियन्ता श्रीवास्तवले बताउनु भयो ।

भोलेन्टियर समूह पर्साका संयोजक समेत रहेका श्रीवास्तवले नेपालको प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट अगाडि थुपारिएको फोहर सफा गरेर नाम कमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *