Categories समाचार

दलित प्राथमिक विधालयको विद्यालय व्यवस्थापन समिति गठन

Advertisement

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा–५ महुवनमा रहेकोे श्री दलित प्राथमिक विद्यालयमा, विद्यालय व्यवस्थापन समिति गठन भएको छ।

विगत करिब ४ वर्ष देखि विद्यालयमा व्यवस्थापन समिति बिना नै विद्यालयको सम्पुर्ण कारोबार तथा क्रियाकलाप संचालनमा रहेकोे थियोे । विद्यालयको सम्पुर्ण क्रियाकलाप सहज रुपमा संचालन गर्नको लागि अभिभावक भेला गरि समिति गठन गरिएको बताईएको छ।  

Advertisement

विद्यालय व्यवस्थापन समिति गठनको लागि ७ दिन अगावै सार्वजनिक सूचना प्रकाशन समेत गरिएको थियोे ।
विद्यालयको व्यवस्थापन समितिमा अभिभावक मध्ये अध्यक्षमा गोरख कुमार राम, सदस्य दिनेश कुमार , सदस्य मुरतिया देवी , सदस्य मालती देवी  , सदस्य अशोक राम र देवन्ती देवी मनोनीत भएका हुन् ।

Advertisement

अभिभावक भेलाले जम्मा ६ जनालाई सर्वसहमतीबाट मनोनित गर्ने निर्णय गरेको छ । शिक्षा ऐन अनुसार अभिभावक मध्ये २ जना पुरुष र २ जना महिला गरि जम्मा ४ जना छनोट गर्ने र १ जना शिक्षा प्रेमी र १ चंदा दाता गरि २ जना तथा प्र.अ. , शिक्षक प्रतिनिधि र वडा कार्यालय प्रतिनिधि गरि जम्मा ९ जनाको समिति रहने प्रावधान रहेकोे छ ।

विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमको अभिभावक भेला सखुवाप्रसौनी गाउँपालिकाका  शिक्षा शाखा प्रमुख नेपालईन्दु साहको संयोजकत्वमा भएको हो ।

भेलामा प्रमुख अतिथि वडा अध्यक्ष असेसर प्रसाद यादव , विशिष्ट अतिथि गाउँपालिकाका बोर्ड सदस्य महादेव साह कलवार , पुर्व प्र.अ. जदु प्रसाद साह, निवर्तमान अध्यक्ष गणेश महरा चमार , पुर्व अध्यक्ष रामबालक महरा चमार , दलित सामाजिक अभियान्ता मनोज राम , वडा सचिव गणेश साह गोढ , निमित्त प्र.अ. अर्चना कुमारी गुप्ता ,अभिभावक श्यामकिशोर राम, दलित नेता सुरेन्द्र पासवान लगायत अभिभावकहरुको सहभागिता रहेकोे थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *