Categories समाचार समाज

परिवारसंग लुकिछिपी ससुराको नाममा खरीद गरेको जग्गा सालोले कब्जा गरेको आरोप

Advertisement

पर्सा । वीरगन्ज २६ सुगौलीविर्ताका अयोध्या साह तुरहाले आफनै ससुरामाथि जग्गा कब्जा गरेको आरोप लगाएका छन । दाजुभाईसंग लुकिछिपी ससुरा वीरगन्ज २५ श्रीसियाका गंगा साह तुराहाको नाममा जग्गा खरिद गरेको जग्गा अहिले ससुराली पक्षले कब्जा गरेको उनले आरोप लगाए ।

अयोध्याले १८ बर्ष पहिला पर्साको साविक गाविस श्रीसिया खाल्वाटोला वडा नम्बर ७ हाल वीरगन्ज २५ श्रीसियामा कित्ता नम्बर ३८३ को क्षेत्रफल ००१७० र कित्ता नम्बर २८२ को ज.बि ०४०७.२५ धुर जग्गा ससुरा गंगा साहको नाममा खरिद गरेका थिए ।

Advertisement

जग्गा हड्पने लोभमा गंगा साहको छोराले जियालाल साह तुराहा लगायतकाले जग्गा कब्जा गर्न आफूमाथि विभिन्न खालको प्रपन्च रचदै आएको उनले बताए । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी अयाध्याले भने, ससुराको नाममा खरीद गरिएको जग्गामा घर निर्माणको लागि वीरगन्जको दुई वटा छुट्टा छुट्टै बैंकबाट कर्जा समेत लिएको थिए, त्यो कर्जा पहिला नै चुक्ता गरीसकेको छु ।

Advertisement

जियालाल साहले ससुरा बुवाको नाममा खरिद गरेको जग्गा खाने पचाउँने षडयन्त्रमा लागेको हुँदा दुवै पक्षबीच एक आपसमा छलफल भई जग्गाको रकम फिर्ता गर्ने उदेश्यले सिभिल बैंक वीरगन्ज शाखाको खाता नम्बर ५१०१३५१६१०१८ को चेकहरु दिएका थिए ।

सहमती अनुसारको रकम फिर्ता नगरेपछि आफूहरुले जियालाल साह विरुद्ध १९ लाख र ९५ लाख गरी १ करोड १४ लाखको दावी सहित चेक बाउन्स गरी जिल्ला प्रहरी कार्यालयमा बैंकिङ्ग कसूर मुद्दा दिएको अयोध्याले पत्रकार सम्मेलनमा बताए ।

जग्गा बापतको रकम फिर्ता गर्नुको साटो उल्टै पैसा नतिरी जग्गा कब्जा गर्न खोजेको उनको आरोप छ । लाखौमा खरीद गरेको जग्गा अहिले आइसिपीको लागि अधिग्रहण हुन थालेपछि राज्यले करोडौ मुल्यांकलन लगाएपछि ससुराली पक्षको मनमा लोभ पसेको र त्यो जग्गा अब दिन नखोजेको उनले बताए ।

बैकिङ कसूर सम्बन्धी मुद्दा उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्ज र जिल्ला अदालतमा चलिरहेको अवस्थामा आफू अदालतबाट नै न्याय पाउँने विश्वस्त रहेको हुनाले अदालतमा मुद्दा विचाराधिन अवस्थामा हुदाँ हुदैपनि जियालाल साह परिवारले आफनो परिवारको नाम बदनाम गर्दै हिडेको उनको आरोप छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *