श्याम सरार्फ
वीरगन्ज । वीरगन्जमा पछिल्लो दुई साता देखि साप्ताहि कार्य योजना अनुसार एक संस्थाले सम्मान जनक भावले रू ५ मै खाना खुवाउने अभियानलाइ निरन्तरता दिदै हिजो तेस्रो सप्ताह पनि खाना वितरण गरेको छ । ५ रुपैयाँमा खाना खुवाउने संस्थाले दाताको सहयोगमा आजदेखी पानी पनि थपेको बताइएको छ ।
फोर जि आर नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित अहिलेका लागि हरेक साताको एक दिन ५ रुपैयाँमै खाना खुवाउने अभियानलाइ निरन्तरता दिदै अब दाताको सहयोगमा पानी सहित घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर खाना वितरण गरेको हो ।
कसैको सम्मानमा ठेस नपुर्याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्था कि अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।
विस्तारै खानाको डब्बाको संख्या क्रमश बढाउदै तैयार पारिएको ६० वटा खानाको डब्बा स्टल राख्नासाथ दस मिनेटमै सकिएको र स्थानीय व्यापारी, विधार्थी, रिक्साचालक लगायतकाले खाना किनेको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले जानकारी गराए ।
पछिल्लो समय खाना मात्र वितरण गर्दै आएको संस्थालाई नारायणगढका दाताको सहयोगमा हरेक सप्ताह पानी उपलब्ध हुने भएपछि ५ रुपैयाँमा पानी समेत वितरण गरिएको कुश्वाहाले थप्दै अझै सहयोगी हातको खाँचो रहेको बताउनु भयो ।
सो कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा, उमाशंकर अग्रवाल, किशु सरार्फ लगायतको उपस्थित रहेको थियो ।







