Categories धर्म/संस्कृति समाचार

हनुमान जन्मोत्सवमा बृहत शोभायात्र, देखियो जनसैलाब

Advertisement

वीरगन्ज । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा वीरगन्जमा शनिबार बृहत शोभायात्रा निकालेर हिन्दु धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।
वीरगन्जको घण्टाघरबाट शुरु भएको भगवान हनुमानको शोभायात्रामा वीरगन्ज महानगरका अधिकांश वडाका हिन्दु धर्र्म प्रति आस्था राख्ने सर्वसाधरणले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए ।

पिक्स लेन्स

शोभायात्राले वीरगन्ज महानगरको शहरी क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । हन्दिुधर्मको प्रतिक तरबार, त्रिशुल सहित भगवा झण्डा , डिजे र भगवान हुनमानको झाँकी सहित शोभायात्रात्रमा सहभागीहरुले जय श्रीरामको जयकारा लगाउदा शनिबार दिउँसो देखि साँझ सम्म वीरगन्ज शहर पुरै जयश्रीरामको नाराले गुन्जयमान भएको शोभायात्रमा सहभागी वीरगन्ज १० घडीअर्वाका अजय कुमार गुप्ताले बताए ।

Advertisement

शोभायात्राका बेला वीरगन्जको घण्टाघर देखि अलखीयामठ सम्मको मनेरोड यात्रामा सहभागीहरुको भिडले खचाखच भरिएको थियो । कुनै अप्रिय घटना हुन नदिन शनिबार दिउँसो देखि नै वीरगन्ज नगरक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारी संख्यामा परिचालन पनि गरिएको थियो ।

Advertisement

यस्तै शोयात्रामा सहभागीहरुका लागि हिन्दुवादीका साथैै विभिन्न संघसंगठनहरुले नगरका विभिन्न स्थानमा सर्बत र पानीको स्टल पनि राखेका थिए । यस्तै नेपाल मुस्लिम युवा समाजले पनि घण्टाघर क्षेत्रमा सर्बतको स्टल राखेको थियो ।

भगवान हनुमानको जन्मदिनको दिन गत बिहीबार वीरगन्जको महावीरस्थान मन्दिर क्षेत्रमा महाआरतीको पनि आयोजना गरिएको थियो । उक्त महा आरती समारोहमा पनि व्यापक जनसहभागीता भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *