Rato Pana
समाचार

प्रहरीका सहायक हवल्दारले आँफैमाथि गोली प्रहार गरि गरे आत्महत्या

तुलसीपुर । दाङमा एक प्रहरीका सहायक हवल्दारले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेका छन् । आइतबार राति तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारले आँफैलाई गोली हानेका हुन् ।

उनी तुलसीपुर उपमहानगरपालिका– ८ कै टिकरीका ३५ वर्षीय वसन्त केसी रहेका छन् । प्रहरीका अनुसार उनले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पारिवारिक समस्याका कारण उनले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसी पाँच दिन अघि मात्रै तुलसीपुरमा सरुवा भएर आएका थिए । साभार

सम्वन्धित समाचार

Leave a Comment