Categories अर्थ समाचार समाज

वीरगन्ज : “राम भरोसे होटल” जहाँ ६० रुपैयाँमै भर्छ पेट

Advertisement

श्याम सरार्फ

वीरगन्ज । व्यस्त सहरको बिचमा रहेको एक होटेलमा बिहान र बेलुका दैनिक ज्यालादारी गरि जिविका चलाउनेहरुको भिड लाग्छ । त्यस भिडमा “घर चलाउन घर बाट टाढा भएकाहरु” देखि कुनै काम विशेषले वीरगन्ज आउनेहरुसम्म देखिन्छन् ।

Advertisement

उक्त भिड लाग्नुको एक मात्र कारण सस्तो र सफा खाना हो । यस्तो महंगाइ र आर्थिक मन्दी चलिरहेको वर्तमान अवस्थामा साठी रुपैयाँमै भर पेट खाना खुवाउछ वीरगन्जको नगवा चौक स्थित रहेको “राम भरोसे होटल” ।

Advertisement

बारा जिल्ला घर भएका ४८ वर्षिय जितन कुश्वाहा पेशाले कृषक हुन । उनी कैयन वर्षदेखि तरकारी र साग सब्जी उब्जाउने र बिक्रीवितरणका लागि नगवा हुदै वीरगन्ज आउछन् । उनी वीरगन्ज आएपछि “राम भरोसे होटल” मा खाना नखाएसम्म मननै मान्दैन सुनाउछन् । कुश्वाहा भन्छन् ” तरकारी र सागसब्जी  बेच्न ल्याउदा घर फर्किने निश्चित समय हुदैन । कम पैसामै घर जस्तो मिठो, सफा र भर पेट खान पाएसी भोकै घर पुग्नुपर्ने चिन्ता पनि हुदैन ।”

भारत घर भएका २७ वर्षिय बिक्रम साह वीरगन्जमा कबाडीको काम गर्छन् । उनलाई बिहान देखि बेलुकासम्म कबाड खरिद गर्न गल्ली गल्ली भौतारिनुपर्छ । काम कै सिलसिलामा दिनभर डुल्ने उनलाई खाना पकाउने समय नै कम भएको र एकलैको लागि के पकाउने अल्छीले गर्दा उनी नियमित त्यहीँ खाना खाने गरेको बताउछन् । घर जस्तै राम्रो चामल, कढ्ढी, दाल, आलुदम, आलुको भुजिया, सिजनेबल हरियो साग सब्जी, अचार, चोखा, सलाद र पापड लगायत ६० रुपैयाँमै खान पाउदा एकलैको लागि खाना पकाउनु भन्दा यहीँ आएर खाएको सस्तो लागेको साह सुनाउछन् ।

विगत कैयन वर्षअघि देखि पेट भर्दै आएको “राम भरोसे होटल”   पुरानो ठाउँबाट नंया ठाउँमा सरेको सञ्चालक अशोक कुमार बताउँछन् । उनका अनुसार पुरानो ठाउँमा हुदा सोही दर रेटमा दैनिक ६ सय देखि ७ सय जनालाई खुवाउथ्यौ । अहिले ठाउँ नयाँ भएकोले दैनिक २ सय देखि ३ सय जनालाई सेवा दिरहेको सञ्चालक कुमार सुनाए ।

मात्र ६० रुपैयाँमै कसरी यति भेराइटी खुवाइरहनुभएको छ भनेर हामीले प्रश्न गर्दा सञ्चालक कुमारले हास्दै भने “राम भरोसे” । उनको भनाइ अनुसार “रामले चलाइरहेका छन् हामीले त कर्म मात्र गरिरहेका छौ ।” उनले भने ” हाम्रा बाऊ बाझेले गरेका राम्रो कार्यलाई निरन्तरता दिरहेका छौ । हामी चाहदैनौ कसैको मन दुखोस र भौकै बस्न परोस्  सेवा भावले हामी खट्टिरहेकाछौ ।”

वीगतका दिनहरूमा वीरगन्जमा विभिन्न समाजिक संस्थाहरुले दातृ निकायको आर्थिक सहयोगमा न्युन मुल्यमा खाना खुवाउने गरि कार्यक्रम सञ्चालन गर्दै आएको छ । कसैले साप्ताहि कसैले अर्ध साप्ताहिक त कसैले दैनिक समय तोकेर सेवा दिदै आएपनि आर्थिक अभाव र उचित व्यवस्थापनका कारण कोहि पछि हटे भने कसैले सेवानै बन्द गरिदिए कसैले भने निरन्तरता दिरहेका छन् ।

“राम भरोसे होटल” पुर्णतः व्यवसायीक रुपमा सञ्चालन हुदै आइरहेको छ । यस्मा दातृ निकाय वा कतैबाट आर्थिक व्यवस्थापन भए मात्र सञ्चालन हुने समस्या नरहेकाले बिहानैदेखि रातिसम्म सेवा सेवा गर्न हामी तत्पर रहेको सञ्चालक कुमारले बताउँछन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *