Categories समाचार स्वास्थ्य

गर्मीले बेहाल वीरगन्ज, जनजीवन प्रभावित

Advertisement

वीरगन्ज । वैशाखको पहिलो साता नै वीरगन्ज तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस आसपास पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । वैशाखमै तापक्रम बढ्दै जाँदा तराईमा गर्मी बढ्दो रहेको छ ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

Advertisement

गर्मीका कारण वीरगन्ज तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । वीरगन्जको पारो चढ्दै जाँदा दैनिकरूपमा गरी खाने वर्गलाई समस्या पर्न थालेको छ ।

Advertisement

चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किन समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

गर्मीका कारण बिरामी हुनेको चाप पनि बढ्दै गएको डाक्टर निरज कुमार सिंहले बताए । उनले अधिकांश झाडा पाखाला, वान्ता र भाइरल खोकीका बिरामी आउने गरेको बताए ।

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएको कारण प्रस्सत पानी संगै झोल भएको खाने कुरा खान दिने सल्लाह दिनुभयो । दिउँसोको समयमा घाममा नहिँड्न र अतिआवश्यक कामले हिँड्न परेमा छाता प्रयोग गर्ने, लामबाहुले लुगा लगाउन आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *