Categories समाचार

उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो करिब १४:०० बजे विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले पर्साको वीरगञ्ज वडा नम्बर ८ स्थित सडकखण्डबाट दुई जना संकाष्पदरूप हिंडिरहेका व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।

जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने ३४ वर्षका  कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू.१,६०,०००।– ( एक लाख साठ्ठी हजार ) र  ३९ वर्षका सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू.३,९०,०००।– ( तिन लाख नवे हजार )   गरी जम्मा नेपाली रु.५,५०,०००।– ( पाँच लाख पचास हजार ) फेला परेको हुँदा उक्त रकम सहित दुबै जनालाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ ।

निजहरुमाथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट तिन दिन म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भैरहेको पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।
               

साथै आज बिहान ११:०० बजे  सूचनाकै आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट  प्रहरी निरीक्षक शाहीको कमाण्डमा खटिएको टोलीले हुन्डीको रकम सहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकल लाई रोकी सवार बाराको जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने  ३२ वर्षिय छठु महत्तोको खानतलासी गर्दा उनले लगाएको हेल्मेट तथा मो.सा.को वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको रकम सहित महतोलाई पक्राउ गरिएको छ । 

नेपाली रुपैयाँ .१४,००,०००।– ( चौध लाख) फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा आजै पर्सा जिल्ला अदालतबाट ५ दिन  म्याद थप अनुमति लिइ थप अनुसन्धान तथा कारवाही भैरहेको समेत प्रवक्ता गिरीले बताए ।
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *