Categories समाचार

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योग मन्त्रीलाई महानगरप्रमुखको आग्रह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई सम्मान गरेको छ । मन्त्री भएपछि गृहजिल्ला आउनुभएका रिजाललाई महानगर प्रमुख राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नुभएको हो ।

मन्त्री रिजालाई सम्मान गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

Advertisement

रोजगारी बृद्धिका लागि उद्योग ग्राम बनाउन गृहकार्य भइरहेको भन्दै उहाँले आवश्यक बजेटको व्यवस्था मिलाइदिन पनि आग्रह गर्नुभयो । वीरगञ्ज औद्योगिक तथा आर्थिक नगर रहे पनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन महानगर प्रमुख सिंहले आग्रह गर्नुभयो ।

Advertisement

नवनियुक्त मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ,’ उहाँले भन्नुभयो, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्न पर्ने सहयोग गर्न म तयार छु ।’

उहाँले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताउनुभयो ।

सम्मान कार्यक्रममा महानगर उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *