Categories Uncategorized समाचार

वीरगन्ज महानगरद्वारा विभिन्न स्थानलाई सौन्दर्यकरण गर्ने कार्यलाई तिब्रता

वीरगन्ज । वीरगन्ज महानगरले विभिन्न स्थानलाई सौन्दर्यकरण गर्ने कार्यलाई तिब्रता दिएको देखिन्छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचाेक बहुअरीमा रहेकाे सहिद तेज बहादुर अमात्यको सालिक क्षेत्रलाई पून: निर्माण, रंगराेगन र लाइटिङ वाटर जेट फाउन्टेन समेत सञ्चालन गरेर महानगरले चिटिक्क पारेको छ ।

Advertisement

पहाडबाट तराई झर्दा वीरगन्ज प्रवेश गर्ने मुख्य प्रवेशद्वारको रुपमा रहेको यस क्षेत्र लगायत यस्ता पर्यटकीय स्थललाई पहिचान गरि महानगरले पुनः निर्माण, सौन्दर्यकरण गर्ने जस्ता कार्यमा जोड दिएको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

Advertisement

पछिल्लो समय माईस्थान मन्दिर अगाडिको बाटो मर्मत र सौन्दर्यकरण, बाल उधानको पुन निर्माण, चिनीमिल स्थित रहेको श्री पशुपतिनाथ मन्दिरको सौन्दर्यकरण, प्रतिमा चोकमा जनावरको प्रतिमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *