Categories शिक्षा समाचार

ठाकुरराम क्याम्पस : तालाबन्दी खोल्ने सहमती, भोलिदेखि पठनपाठन सुचारु हुने

Advertisement

वीरगन्ज । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रवार (भोली) देखि पठनपाठन सुचारु हुने भएको छ । विभिन्न विद्यार्थी संगठनदेखि त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिले क्याम्पसका विभिन्न शाखामा गरेकाे तालाबन्दी खोल्ने सहमती भएसँगै शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको हो ।

निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमणले बिहिवार एक सूचना जारी गर्दै तालाबन्दी खोल्ने र पठनपाठन सुचारी गर्ने सहमती भएको जानकारी दिएका छन् ।

Advertisement

क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्न, परीक्षा केन्द्र वीरगन्जमै कायम गर्न, निमित क्याम्पस प्रमुख, प्रध्यापक संघ तथा कर्मचारी संगठनद्वारा तत्कालिन क्याम्पस प्रमुख डा. चौरसियाको राजिनामा फिर्ताको पहल गर्नुपर्ने, विभिन्न संकायहरुमा शिक्षकको कमी रहेको हुनाले सिघ्र शिक्षाको नियुक्त गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले बैशाख ४ गते तालाबन्दी गरेका थिए ।

Advertisement

विद्यार्थी संगठनको मागका सम्बन्धमा त्रि.वि. मा पत्र पठाएर सम्बोधन गर्न पहल गरिएको निमित्त क्याम्पस प्रमुख रमणद्वारा जारी सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिसँग पनि वार्ता भएर तालाबन्दी खोल्ने सहमती भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *