Categories समाचार समाज

वीरगन्ज : वडा नम्बर ५ मा वडा स्तरिय सरसफाई कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । नेपाल खेलकुद महासंघ वडा नम्बर ५ कमिटि र वडा कार्यालयको संयुक्त आयोजनामा वडा स्तरीय सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सो सरसफाई कार्यक्रम चलिरहेको समयमा सडकमा फोहोर पानी खसाउने एक घरधनी लाई नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा ११ हजार जरीवाना गरिएको थियो ।

Advertisement

वडालाइ सफा, स्वच्छ ,सुन्दर ,निरोगि बनाउन सरसफाइलाई वडाको प्रत्येक घर घर मा पुर्याउन र वीरगन्ज लाई सफासुन्दर बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएकोमा सहभागी सम्पुर्णलाई मेयर सिंहले धन्यवाद दिएका थिए ।

Advertisement

सरसफाई कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह , पुर्वमुख्यमन्त्री एवं मधेस प्रदेश सदस्य लालबाबु राउत गद्दी , वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसीया , वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, समाजसेविका अन्नपूर्ण मानन्धर ,नेकपा एमाले पर्साका नेता मानदेव हाजरा ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह, सचिव सन्दीप बस्नेत , ,विद्यार्थी नेता श्याम रौनीयार ,नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर सहसचिव अमन पटेल , कृष्णा श्रीवास्तव लगायत स्थानिय अग्रज , महिला, युवाहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *