वीरगन्ज । आज एक कार्यक्रमका बिच बिधालय अध्यनरत किशोरीहरुलाई सेनेटरी पैड बितरण र प्रयोग गर्ने बिधि बारे जानकारी गराइएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३० स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय प्रसोतीपुरमा सेनेटरी पैड बितरण गरिएको हो ।
पर्सा श्रीमती चिकित्सक संघले बिधालयमा अध्यनरत १२ वर्षदेखि १५ वर्ष सम्म लगभग ४० जना किशोरीहरुलाई सेनेटरी पैड बितरण गरेको हो ।
बिधालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुम्हालको सभापतित्वमा संघकी अध्यक्ष नीता झा र सह-सचिव पिया सिंहले सेनेटरी पैड बितरण र प्रयोग गर्ने बिधि जानकारी गराएकी हुन ।
बिधालयको सभाहलमा आयोजित बितरण कार्यक्रममा इन्दु यादव, अनिशकान्त कुश्वाहा, राधेश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।







