Categories अर्थ समाचार

एक करोड रुपैयाँ मुल्य बढीको दुई ट्रक र सामान प्रहरी नियन्त्रणमा

वीरगञ्ज । बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको ट्रकहरु पर्सा प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Advertisement

वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले हिजो पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराए ।

Advertisement

अन्दाजी मुल्य रुपैयाँ १,०६,००,०००।-(एक करोड छ लाख ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको समेत प्रवक्ता बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *