Categories अर्थ

१ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

Advertisement

वीरगञ्ज । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार १ हजार २ सय रुपैयाँले बढेको हो ।

Advertisement

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *