Categories समाचार

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement

बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा भाग नलिने पनि निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष रवि लामिछानेले रास्वपा उपनिर्वाचनको मतपरिणामअनुसार प्रतिपक्षमा बस्ने बताए ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउन आग्रह गरे पनि सरकारको कार्यशैली र गति हेर्दा सहभागी हुन नसकेको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *