Categories समाचार

नेपालमा हामी अहिले मन्दी भोगिरहेका छौँ : पूर्वमन्त्री यादव

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले देशमा आर्थिक गतिविधि सुस्त भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद् यादवले आर्थिक गतिविधिमा सुस्ता आएको र निजी क्षेत्र, उपभोक्ताले महंगीको मार खेपिरहनु परेको बताएका हुन् ।

Advertisement

चालू आर्थिक वर्षमा १.८६ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने प्रक्षेपण आउँदै गर्दा पछिल्लो लगातार तीन त्रैमासमा आर्थिक बृद्धिदर नकरात्मक भएको बताउँदै उनले देश आर्थिक मन्दीतर्फ होमिइसकेको बताए ।

Advertisement

‘औपचारिक ढंगले न सरकारले न राष्ट्र बैंकले बोलेको छ मन्दी भयो भनेर’, यादवले भने, ‘तर, अर्थतन्त्रमा मन्दीको सङ्केत केही महिना अगाडि देखि नै परिसकेको छ । हामी मन्दीको अहिले सबै भुक्तभोगी छौँ । ४ प्रतिशतको आर्थिक बृद्धिदर घटेर एकै चोटी २ प्रतिशतभन्दा तल आउनु भनेको हामी चरम शिथिलतामा पुगिसकेका छौं ।’

उनले सरकारले लक्ष्यअनुसार खर्च नगर्ने, नीजि क्षेत्रमा बैंकको कर्जा निरुत्साहित हुने, अघिल्लो तीन त्रैमासमा लगातार ऋणात्मक आथिृक बृद्धिदर हुने कारणले अर्थतन्त्र शिथिलता र मन्दीतर्फ होमिएको प्रष्ट रहेको बताए ।

मौसमि प्रभाव समायोजित भएर आएको बृद्धिदरको आकंडाले आर्थिक जरजरतर्फ मुलुक प्रवेश गरेको देखिने बताउँदै सांसद यादवले मन्दीले सबै तह र तप्कालाई छाएको यादवको भनाई छ ।

‘घरायासी तहमा व्यक्तिमा आथिृक मन्दी छाएको छ’, उनले भने, ‘आम्दानी घटेको र खर्च चाहिँ उस्तै छ । व्यवसाय तहमा पनि मन्दी छ । व्यापार व्यवसाय चलेको छैन । उधारोमा गएको पैसा उठ्दैन । समाजमा बैमानी प्रवृति हाबी भएको छ । उद्योगमा मन्दी आएको छ । आयातित सस्तो वस्तु् वा सेवासँग प्रतिस्पर्धा गगरिरहनु पर्ने लागत दिनदिननै बटेर उत्पादनको क्षमताभन्दा निकै तल उत्पादन गर्नुपरेको छ । कर्मचारी र मजदुरको तलब ज्यादा भुक्तानी बढ्दै जाने भएकाले त्यहाँ पनि अवस्था सन्तोषजनक छैन ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *