Categories समाचार

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

Advertisement

वैशाख २० मा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गर्दा उपत्यका बाहिरको कार्यक्रममा देखिएका उनी त्यसयता फरार थिए ।

Advertisement

उनलाई पक्राउ गर्न सातदोबाटास्थित निवासमा प्रहरी गएको थियो । तर, उनी पक्राउ पर्न सकेका थिएनन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *