काठमाडौं । डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक तथा मालवाहक सवारी भाडा घटाएको छ ।
मंगलबार सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको थियो ।
सो निर्णयसँगै यात्रुवाहक सार्वजनिक तथा मालवाहक यातायातको भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले नयाँ सवारी भाडा दरसमेत सार्वजनिक गरेको छ ।
नियमानुसार इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।


