Categories समाचार

स्याउको कार्टुनभित्र अवैध लागु औषध गाँजाको तस्करी, चार जना पक्राउ

वीरगन्ज । बारामा लागू ओैषध गाँजासहित चार जना पक्राउ परेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराकाे निजगढ नगरपालिकन वडा नम्बर ८ स्थित सडकमा मे १ ख २३२२ नम्बरको  यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलाे ५०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ पर्नेहरुमा मकवापुरकाे मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षिय राजकुमार भन्ने चन्द्र बहादुर मोक्तान, झापाकाे  मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोलका ४६ वर्षिय शंकर दाहाल , त्यहि ठाँउका ३४ वर्षिय बिनोद कुमार पोखरेल र रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का  २४ वर्षिय अर्जुन गौतम रहेकाे इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ।

Advertisement

मकवानपुरकाे हेटौडाबाट झापाकाे काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलाे ५०० ग्राम फेला परेको बाराका प्रहरी उपरीक्षक हाेबिन्द्र बाेगटीले जानकारी दिए।

गाँजा र बससहित उनिहरुलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको बाेगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *