Categories समाचार

भारतले भारु २ हजारका नोट नचलाउने

वीरगन्ज । भारतले भारु २ हजारका नोट नचलाउने निर्णय गरेको छ।

भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

Advertisement

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

Advertisement

तर ७ वर्षमै उक्त २ हजारकाे नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।

भारतीय रिजर्भ बैंकले सर्वसाधारणसँग भएका भारु २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन पनि भनेको छ।

भारु २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म भारु २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ । साभार:सेताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *