Categories समाचार

राष्ट्रसेवक कर्मचारीको प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने

Advertisement

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । 

सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो।

Advertisement

यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको उपस्थितिमा मासिक रिपोर्ट कार्ड तयार गर्ने नीति अगाडि सारिएको छ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ। 

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवं प्रशासनविद् डा. बालचन्द्र मिश्रले सरकारको कामलाई वस्तुनिष्ठ र पारदर्शी बनाउने उद्देश्यले मासिक रिपोर्ट कार्ड तयार गर्नु समय सान्दर्भिक र प्रभावकारी कार्यक्रम भएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *