Categories समाचार

हज यात्रीलाई मेयर सिंहले गरे विदाई

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हज गर्न जाने पर्साका २४ जना हाजीहरुलाई विदाई गर्नु भएको छ ।

वीरगञ्जको वडा नम्बर ६ मा रहेको मदिना जामे मस्जिदमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सिंहले विदाई गर्नु भएको हो ।

Advertisement

हाजिहरुलाई विदाई गर्नुहुँदै नगरप्रमुख सिंहले धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रह गर्नु भयो ।

Advertisement

हजका लागि साउदी अरबको मक्का मदिना जान हिडेका हज यात्रीलाई नगर प्रमुख सिंहले खादा लगाएर पुष्प गुच्छा दिँदै बिदाई गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *