Categories समाचार स्वास्थ्य

ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ३९ जनाले गरे रगतदान

वीरगन्ज । वीरगन्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘सडक सुरक्षा सप्ताह २०८० ’कार्यक्रमको छैठौं दिन शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३९ जनाले रगतदान गरेका हुन् ।

रगततदान गर्नेहरुमा कोपिला श्रेष्ठ , मनमोहन कुमार यादव , किरण चौधरी , ध्रुब चौधरी , गोविन्द हिमाल , राम महत्तो , सदाम हुसेन , प्रेमलाल साह , आशीष कुमार साह , कृष्ण वर्णवाल लगायतका रहेको कार्यक्रममा सहभागी युवा अभियन्ता दिलिपराज कार्कीले जानकारी दिए ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरि , राजेन्द्र भट्टराई , महेशसिंह धामी, राजन श्रीवास्तव, रणधीर वर्णवाल लगायतको पनि उपस्थिती थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *