Categories राजनीति

जसपाका संसदीय दलको नेतामा पार्टी अध्यक्ष यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए।

Advertisement

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नंवर २ बाट पराजित भएका यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नंवर २ बाट निर्वाचित भएका हुन्।

Advertisement

बारा क्षेत्र नंवर २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको हो।

रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन्।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *